पदाधिकारी

माननीय मन्त्री
माननीय राज्यमन्त्री
प्रदेश सचिव

पृष्ठभूमी

नेपालको संविधान, २०७२ ले मुलुकमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय शासन प्रणाली लागू गरी क्षेत्रगत रुपमा तीनै तहले गर्ने कार्यहरूको सूची समेत स्पष्ट व्यवस्था गरेको छ । सो अनुसार संघिय स्तरमा भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, सिंचाइ, ऊर्जा, खानेपानी तथा सरसफाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग र सो अन्तर्गतका संरचनाहरूबाट सम्पादन हुने कार्यक्रमहरू संघ, प्रदेश र स्थानीय तहबाट सम्पादन हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार प्रदेश स्तरका विद्युत, सिचाई र खानेपानी सेवा, परिवहन, लोकमार्ग, प्रदेश सरकारी कार्यालयहरुको भौतिक व्यवस्थापन र प्रदेश भित्रको जल उपयोग व्यवस्थापन जस्ता विषयहरु प्रदेशको एकल अधिकारको सूची भित्र समावेश गरिएको छ । .....