क) प्रशासन, योजना तथा अनुगमन महाशाखा
- विद्युत, सिंचाई, खानेपानी, सरसफाइ तथा स्वच्छता सम्वन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- प्रदेश स्तरको विद्युत, सिंचाइ, जल उत्पन्न प्रकोप नियन्त्रण र खानेपानी, सरसफाइ तथा स्वच्छता सम्वन्धी सम्बन्धी योजनारगुरुयोजनाको तर्जुमा, आयोजनाको पहिचान, अध्ययन, निर्माण, संचालन, संभार र व्यवस्थापन
- विद्युत, सिंचाई, खानेपानी तथा सरसफाइको सेवा बिस्तारमा निजी क्षेत्रको सहभागिता प्रवर्द्धन सम्बन्धी नीति र मापदण्ड र नियमन
- यातायात सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- प्रदेश भित्रको जल उपयोग केन्द्रीय गुरुयोजना भित्र रहने गरी विद्युत, खानेपानी, सरसफाइ तथा स्वच्छता सम्वन्धी र सिंचाई सम्बन्धि योजना, गुरु योजना तर्जुमा र कार्यान्वयन, अनुगमन तथा मुल्याङकन
- खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी प्रदेशिक नीति,कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
ख) जलश्रोत तथा उर्जा विकास महाशाखा
- विद्युत वितरण र सेवाको गुणस्तर नियमन ठूला सिंचाइ प्रणाली र संघबाट निर्मित जल उत्पन्न प्रकोप नियन्त्रण आयोजनाको संचालन, संभार र व्यवस्थापन तथा संघ सँग समन्वय
- प्रादेशिक नदी नियन्त्रण तथा व्यबस्थापन
- प्रदेश स्तरमा विद्युत, सिंचाई, खानेपानी, सरसफाइ तथा स्वच्छता सम्वन्धी सेवाको शुल्क दस्तुरको आधार निर्धारण
- प्रदेशका जलस्रोत उपयोग सम्बन्धी अन्तर सेवा संचालनमा समन्वय
- खानेपानी, सर(सफाइ तथा स्वच्छता सम्वन्धी पिछडिएका वर्गको पहुँच सुनिश्चितता
- राष्ट्रिय जलस्रोत नीति, संघीय कानुन, वेसिन योजना बमोजिम प्रदेश सीमा नदीका जलउपयोग सम्बन्धी आयोजना पहिचान, अध्ययन, निर्माण, संचालन, व्यवस्थापन र नियमन
- आन्तरिक जलमार्ग सम्वन्धी संभाव्यता अध्ययन, सञ्चालन र ब्यवस्थापन
- प्रदेश भित्रको जलस्रोत उपयोग हुने आयोजनाहरुको अध्ययन, सर्वेक्षण, तयारी, कार्यान्वयन र अनुगमन
- प्रदेश स्तरको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी योजना, गुरुयोजनाको तर्जुमा, आयोजनाको पहिचान, अध्ययन, निर्माण, सञ्चालन, संभार, व्यवस्थापन, गुणस्तर र नियमन
- प्रदेश स्तरमा खानेपानी तथा सरसफाइ सेवाको शुल्क दस्तुरको आधार निर्माण
- खानेपानी तथा सरसफाइ सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता प्रवर्द्धन सम्बन्धी नीति, मापदण्ड र नियमन
- खानेपानी सरसफाइ तथा स्वच्छतामा पिछडीएका वर्गको पहुँच सुनिश्चितता
- मौसम र जलमापन सञ्जाल व्यवस्थापन
- जलगुणतथा वायूगुण सम्बन्धी प्रयोगशाला व्यवस्थापन सर्वसाधारणलाइ स्वच्छ खानेपानीको उपलब्धता
ग) आवास, भवन तथा शहरी विकास महाशाखा
- सरकारी कार्यालयहरुको भौतिक व्यवस्थापन सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- प्रदेश भित्रको सहरी विकास योजना तर्जुमा, सहरी पूर्वाधार निर्माण, सञ्चालन, मर्मतसंभार र आवास तथा भवन सम्बन्धी योजनाहरुको कार्यान्वयन र मार्ग निर्देशन
- प्रदेश सरकारी कार्यालयहरुको निर्माण संयोजन र समन्वय
- प्रदेश भित्र उपयुक्त भवन निर्माण प्रविधिको प्रवर्द्धन
- प्रादेशिक तहमा राष्ट्रिय भवन संहिताको कार्यान्वयन र नियमन
- कर्मचारी आवास, अस्पताल र विद्यालय निर्माण
- लोपन्मुख, सीमान्तकृत, गरिब, जेष्ठ नागरिक लक्षित आवास सम्बन्धी नीति, मापदण्ड, योजना र कार्यान्वयन
- प्रादेशिक राजधानी र अन्तर स्थानीय सहरको विकास, योजना तर्जुमा, कार्यान्वयन, संयोजन रपूर्वाधार निर्माण
घ) सडक तथा यातायात व्यवस्थापन महाशाखा
- सवारी दर्ता र नवीकरण, चालक अनुमति र नवीकरण
- प्रदेशभित्र सार्वजनिक यातायातको रुट अनुमति, गुणस्तर, भाडा दर निर्धारण र नियमन
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद जोखिम संवेदी, अपाङ्गता र लैङ्गिक मैत्री यातायात प्रणालीको प्रवर्द्धन
- प्रदेश तहमा यातायात सुरक्षा सम्बन्धी योजना र कार्यान्वयन
- रज्जुमार्ग, जलमार्ग लगायतका वैकल्पिक यातायात प्रविधिको प्रवर्द्धन, योजना र आयोजना कार्यान्वयन
- प्रादेशिक यातायात सेवाको व्यवस्थापन र नियमन
- प्रदेश लोकमार्ग प्रणाली सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- प्रदेश लोकमार्ग प्रणालीका सडकको मापदण्ड तथा आधार निर्धारण
- प्रदेश लोकमार्गको गुरुयोजना, निर्माणर स्तरोन्नति, कार्यान्वयन र नियमन
- प्रदेश लोकमार्गको मर्मत सम्भार व्यवस्थापन
- प्रदेश लोकमार्ग सम्वन्धी तथ्याकं व्यवस्थापन
- प्रदेश लोकमार्गको यातायात सुरक्षा व्यवस्था र नियमन
- प्रदेश लोकमार्ग संभार कोष ब्यवस्थापन
- सडक प्रविधि र संस्थागत विकास सम्बन्धी प्रदेश स्तरीय अध्ययन र अनुसन्धान